Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ९ असोज २०७८ । मुलुकभर आज ९ सय ५३ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार ५० जना र एन्टिजेन परिक्षणबाट ३ हजार ५ सय २९ जना गरी कुल १० हजार ५ सय ७९ जनामा कोरोना परिक्षण गर्दा ९ सय ५३ जना नयाँ संक्रमित थप भएका हुन्। जसमा पीसीआर परिक्षणबाट ७ सय ९० जना र एन्टिजेन परिक्षणबाट १ सय ६३ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ९० हजार ६ सय ६२ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ९० हजार ४ सय ४३ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ८१ हजार १ सय ५ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७१ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ५९ हजार ८ सय ७५ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९६.१ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ४१ लाख ४६ हजार ७ सय ८३ जना र एन्टिजेन परिक्षणबाट ५ लाख ५९ हजार ८ सय ५१ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा १८ हजार ३ सय ४० जना रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार ३ सय ६० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ३ सय ६३ जना आई।सी।युमा र १ सय ९ जना भेन्टिलेटरमा रहेका छन् । २ सय ३७ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, २१ हजार ५ सय २४ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ७ सय २५ जनाले खोप लगाएको जनाइएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १९ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ४१ गरि ९९ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया