Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौं, ८ असोज २०७८ । २५ औंं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ ।

६ खेलाडी, एक प्रशिक्षक र एक जना अफिसियलसहित ८ जनाको टोली आज राती साढे १० बजे दोहा प्रस्थान गर्दैछ ।

नेपाली खेलाडीहरु दुई दिन दोहामा क्वारेन्टीनमा बस्नुपर्नेछ । सेप्टेम्बर २७ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषतर्फ स्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन् ।

महिलातर्फ एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा भिड्नेछन् । नेपाली खेलाडीले विभिन्न सात स्पर्धामा सहभागिता जनाउने अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।

यही प्रतियोगिताको दौरान आयोजना हुने एसियन टेबल टेनिस युनियनको सम्मेलनमा सहभागि हुन टेबल टेनिस संघको तर्फबाट चतुरानन्द राजवैद्य र शंकर गौतम पनि केही दिनपछि दोहा प्रस्थान गर्दै हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया