Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, ५ असोज २०७८ । मुलुकभर आज १ हजार ३ सय ३० जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ९ हजार ६ सय २६ जना र एन्टिजेन परिक्षणबाट ३ हजार ९ सय ९६ जना गरी कुल १३ हजार ६ सय २२ जनामा कोरोना परिक्षण गर्दा १ हजार ३ सय ३० जना नयाँ संक्रमित थप भएका हुन्। जसमा पीसीआर परिक्षणबाट १ हजार ३६ र एन्टिजेन परिक्षणबाट २ सय ९४ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ८६ हजार ५ सय ७७ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ८९ हजार ३ सय ८२ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ७५ हजार ९ सय ५९ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३० संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९५.९ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ४१ लाख १३ हजार ५ सय १२ जना र एन्टिजेन परिक्षणबाट ५ लाख ४४ हजार ७ सय ३० जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २० हजार १ सय ६४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार ३ सय ६० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ३ सय ३५ जना आई.सी.युमा र १ सय ७ जना भेन्टिलेटरमा रहेका छन् । २ सय ५० जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, २१ हजार ५ सय २४ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा ५५ हजार २ सय ४२ जनाले खोप लगाएको जनाइएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २० जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३९ गरि ९७ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया