Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ४ असोज २०७८ । त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको अन्तिम खेलमा नेपालले ओमानलाई ७ विकेटले हराएको छ ।

आईसीसी विश्वकप लिग दुई क्रिकेट अन्तर्गत ओमानमा भएको श्रृंखलामा नेपालको यो दोस्रो जित हो । नेपालले श्रृंखलामा सहभागि अन्य दुई टोली ओमान र अमेरिकासँग एक जित र एक हार खेलेको छ ।

अल अमेरात क्रिकेट मैदानमा हिजो पहिले व्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनायो । उसका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसी र सन्दीप लामिछानेले ४÷४ विकेट लिए ।

शरद भेषवाकरले २ विकेट लिए । जवाफमा १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अविजित ५२ रनको योगदान गरे । मल्लले दोस्रो विकेटका लागि आसिफ शेखसँग ९५ रनको कीर्तिमानी साझेदारी गरे ।

नेपालको एकदिवसीय अन्तराष्ट्रियमा कुनै पनि विकेटका लागि भएको यो उच्च साझेदारी हो । ओपनर आसिफले ४० रन बनाए ।

यो जितसँगै नेपाल विश्वकप लिग दुई क्रिकेटको चौंथो स्थानमा उक्लिएको छ । नेपालको ८ खेलबाट ८ अंक भएको छ । १३ खेलमा २० अंक जोडेको ओमान शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा छ ।

 

तपाईको प्रतिक्रिया