Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ४ असोज २०७८ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ९५ जना संक्रमित थप हुँदा २ हजार ९ सय ५७ जना डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट १० हजार ७ सय ८६ जना र एन्टिजेन परिक्षणबाट ३ हजार ३१ जना गरी कुल १३ हजार ८ सय १७ जनामा कोरोना परिक्षण गर्दा १ हजार ९५ जना नयाँ संक्रमित थप भएका छन्। जसमा पीसीआर परिक्षणबाट ९ सय ७५ र एन्टिजेन परिक्षणबाट १ सय २० जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ८५ हजार ५ सय ४१ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ८९ हजार ८८ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ७४ हजार ६ सय २९ पुगेको जनाइएको छ । एकैदिन २ हजार ९ सय ५७ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ५२ हजार १ सय ७० पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९५.८ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ४१ लाख ३ हजार ८ सय ८६ जना र एन्टिजेन परिक्षणबाट ५ लाख ४० हजार ७ सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २० हजार ८ सय ९१ जना रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार ४ सय ३२ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ३ सय ७१ जना आई।सी।युमा र १ सय ८ जना भेन्टिलेटरमा रहेका छन् । २ सय ६४ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, २२ हजार ३ सय २३ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा २२ हजार १ सय ९२ जनाले खोप लगाएको जनाइएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २० जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया