Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ३ असोज २०७८ । सरकारले भोलीदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । असोज ४ गते देखि १४ गते सम्म खोपको पहिलो मात्रा लगाउने भएको हो ।

स्वास्थ्य मन्त्रालयले १८ देखि ४५ बर्ष माथिका खोप लगाउन वाँकी सबै व्यक्ति र अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र एवं होटल व्यवसायमा काम गर्ने सबै उमेर समूहका व्यक्ति एवं खोप लगाउन छुटेका १८ बर्ष माथिका विद्यार्थीहरुलाई खोप दिईने जनाएको छ ।

यसैगरी, ताप्लेजुङ् , संखुवासभा , सोलुखुम्बु , रसुवा , हुम्ला , जुम्ला , मुगु , डोल्पा , वाजुरा र दार्चुला जिल्लाका १८ बर्ष माथिका खोप लगाउन छुटेका सबैव्यक्ति, काभ्रे र चितवन जिल्लाका ३५ बर्ष माथिका सबै व्यक्ति, काठमाडौ, भक्तपुर ललितपुर , मकवानपुर , रामेछाम , अछाम र सर्लाही जिल्लाका ४० बर्ष माथिका एवं ४५ बर्ष माथिका खोप लगाउन छुटेका सबै व्यक्तिलाई खोप दिंदैछ ।

यस्तै, मनाङ् ,मुस्ताङ् , रुकुम पूर्व वाहेकका ५५ जिल्लाहरुमा ४५ बर्ष माथिका व्यक्तिहरुलाई खोप लगाउने जनाएको छ । यसैगरी, मन्त्रालयले यही समूहका लागि कात्तिक ४ देखि १४ गते सम्म दोस्रो डोज खोप दिने जनाएको छ । सरकारले पछिल्लो पटक चीनवाट ६० लाख डोज भेरोसेल खोप ल्याएको थियो ।

 

तपाईको प्रतिक्रिया