Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

काठमाडौं, २ असोज २०७८ । श्रीलंकाका दुई चर्चित क्रिकेटरले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ९ईपीएल० खेल्ने भएका छन् ।

श्रीलंकाका दिलशान मुनावीरा र असेला गुणरत्नेलले ईपीएल खेल्ने भएका हुन् । मुनाविराले विराटनगर वारियर्सबाट खेल्दा गुणरत्नेले पोखरा राइनोजबाट खेल्ने छन् ।

विराटनगरले शनिबार दिलशानलाई चौथो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षीय दिलशानले श्रीलंकाका लागि १३ टी–२० अन्तर्राष्ट्रिय र २ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

विराटनगरले यसअघि जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजा, क्यानडाका रेयानखान पठान र वेस्ट इन्डिजका हेमराज चन्द्रपललाई अनुबन्ध गरेको थियो । गुणरत्नेले श्रीलंकाबाट ६ टेस्ट, ३१ ओडीआई र १२ टी–२०आई खेलेका छन् ।

यसअघि पोखराले विदेशी खेलाडीको रूपमा दक्षिण अफ्रिका ओपनर रिचर्ड लेभी र वेस्टइन्डिजका अलराउन्डर केस्रिक विलियम्सको नाम सार्वजनिक गरिसकेको थियो ।

ईपीएल असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । ईपीएल विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया