Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ३० भदौ २०७८ । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत गएराति भएको खेलमा ओमनले नेपाललाई ५ विकेटले हराएको छ ।

ओमानमा जारी त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल दोस्रो खेलमा भने हिजो ओमानसँग ५ विकेटले नैं हारेको हो ।

अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३२ औं ओभरमा ५ विकेट गुमाएर पुरा ग¥यो ।

ओमानको जितमा सुरुवाती ब्याट्सम्यान जतिन्दर सिंहको १ सय ७ रन महत्वपूर्ण रह्यो । नेपालका लागि आरिम शेखले ९० रन जोेडेका थिए ।

यो हारसँगै नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेट तालिकामा पाँचौ स्थानमा उक्लने अवसर गुमाएको छ ।

नेपालको ६ खेलबाट ६ अंक भएको छ । शिर्ष स्थानमा रहेको ओमानको ११ खेलबाट १८ अंक भएको छ । श्रृंखलाको तेस्रो खेलमा नेपालले पर्सि शुक्रवार अमेरिकासँग खेल्नेछ ।

 

तपाईको प्रतिक्रिया