Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

काठमाडौं, २८ भदौ २०७८। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृंखला आजबाट सुरु हुँदैछ ।

ओमानमा जारी श्रृंखलाको पहिलो खेलमा आज नेपाल अमेरिकाविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरी हिजो अभ्यासकोक्रममा चोटग्रस्त भएका छन् । दिपेन्द्रको अनुपस्थिती नेपालको लागि महंगो हुनसक्छ ।

लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो । नेपालले दुबै खेल जितेको थियो ।

जसको कारण नेपाली टोलीको आत्मविश्वास बढेको छ । तर ओमनसँग भने पछिल्ला दुई भेटमा नेपाल पराजित भएको छ ।

श्रृखलाको दोस्रो खेलमा नेपालले भोलि आयोजक ओमानसँग खेलनेछ । आईसीसी लिग–२ को अंक तालिकामा नेपाल ४ खेलमा ४ अंकसहित छैटौं स्थानमा रहेको छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया