Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

झापा, १९ कात्तिक । बिर्तामोड झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ।

आइतबार साँझ मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको विभिन्न स्थानबाट खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मेचीनगर नगरपालिका( ६ स्थित भन्सार गेटबाट खैरो हेरोइनसहित बिर्तामोड नगरपालिका ५ का २० वर्षीय अर्जुन सुब्बालाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट १ ग्राम खैरो हेरोइन बरामत भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।

सुब्बालाई आइतबार साँझ ५ बजे भारतबाट नेपालतर्फ आउने क्रममा पक्राउ गरेको प्रहरीको भनाई छ। पक्राउ परेका सुब्बालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै झापा भद्रपुर नगरपालिका ९ स्थित दोभान भन्ने ठाउँबाट प्रहरीले लागूऔषध डाइजेपाम १२ एम्पुल, फेनरागन १२ एम्पुल, लुपिजेसिक ८ एम्पुल र नुफिन ४ एम्पुलसहित झापा अर्जुनधारा नगरपालिका ११ का १९ वर्षिय सन्तोष चेम्जोङ र आकाश तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले राति ८ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा बरामद गरेको हो। बरामद लागूऔषधसहित दुवैजनालाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments