Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, २७ भदौ २०७८ । मुलुकभर पछिल्लो २४ घण्टामा ९ सय ११ जना संक्रमित थप हुँदा १ हजार ४ सय २३ जना डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार ८ सय ७८ र एन्टिजेन परिक्षणबाट ३ हजार १ सय ४० जना गरी कुल ११ हजार १८ जनामा कोरोना परिक्षण गर्दा ९ सय ११ जना नयाँ संक्रमित थप भएका छन्। जसमा पीसीआर परिक्षणबाट ८ सय ३८ र एन्टिजेन परिक्षणबाट ७३ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ७७ हजार १ सय ६३ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ८६ हजार ६ सय ९४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ६३ हजार ८ सय ५७ पुगेको जनाइएको छ । एकैदिन ९ सय ११ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ३९ हजार ४ सय ५७ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९५.१ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ४० लाख २२ हजार ६१ जना र एन्टिजेन परिक्षणबाट ५ लाख ११ हजार ९ सय ८१ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २५ हजार १ सय ७१ जना रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार ५ सय ८६ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ४ सय ५४ जना आई.सी.युमा र १ सय ४० जना भेन्टिलेटरमा रहेका छन् । ३ सय २१ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, २६ हजार ७ सय ५७ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ४९ जनाले खोप लगाएको जनाइएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १३ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २० जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ९ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया