Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, २६ भदौ २०७८ । मुलुकभर पछिल्लो २४ घण्टामा सबैभन्दा कम ९ सय ९४ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ६ हजार १ सय ३७ र एन्टिजेन परिक्षणबाट ३ हजार ७ सय ३ जना गरी कुल ९ हजार ८ सय ४० जनामा कोरोना परिक्षण गर्दा ९ सय ९४ जना नयाँ संक्रमित थप भएका छन्। जसमा पीसीआर परिक्षणबाट ७ सय ७७ र एन्टिजेन परिक्षणबाट २ सय १७ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ७६ हजार ३ सय २५ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ८६ हजार ६ सय २१ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ६२ हजार ९ सय ४६ पुगेको जनाइएको छ । एकैदिन ९ सय ९४ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९५.१ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ४० लाख १४ हजार १ सय ८३ जना र एन्टिजेन परिक्षणबाट ५ लाख ८ हजार ८ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २५ हजार ७ सय ८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार ६ सय ४७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ४ सय ५६ जना आई.सी.युमा र १ सय २२ जना भेन्टिलेटरमा रहेका छन् । ३ सय १७ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, २७ हजार ३ सय ५५ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा ६८ हजार ६ सय ३० जनाले खोप लगाएको जनाइएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १३ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २१ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १२ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ९ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया