Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, २६ भदौ २०७८ । नेपाली खेलकुदमा उच्च पदाधिकारीका रूपमा कुनै न कुनै भूमिकामा लामो समय सक्रिय रहेका रुक्मशम्शेर राणाको शुक्रबार राति ८५ वर्षको उमेरमा निधन भएको छ । नेपाल ओलम्पिक कमिटी स्रोतले उनको पारिवारलाई उदृत गर्दै निधनको पुष्टि गरेको छ । पछिल्लो समय उनको स्वास्थ्य स्थितिमा विविध समस्या देखिएको थियो ।

राष्ट्रिय खेलकुद परिषदको दुई पटक नेतृत्व गरेका राणा नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्षसमेत हुन् । उनी वर्तमानमा पनि नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष हुन् । नेपाली कांग्रेसको राजनीतिसँग जोडिएका राणा त्यस पार्टीका संस्थापकमध्येका एक सुवर्ण शम्शेरका छोरा हुन् ।

राणाको जन्म सन् १९३६ मार्च १२ मा भारतको कोलकातामा भएको थियो । उनले प्रिन्स अफ वेल्स, दून स्कुल र सेन्ट जेभियर कलेज दार्जीलिङबाट शिक्षा हासिल गरेका थिए । त्यस्तै उनले कोलकाता विश्वविद्यालयबाट मोडर्न हिस्ट्रीमा एमए गरेका थिए ।

भारतका लागि नेपाली राजदूत समेत भइसकेका राणाले अखिल नेपाल फुटबल संघ ९एन्फा० को नेतृत्व समेत सम्हालेका थिए । उनी ओलम्पिक कमिटीको नेतृत्वमा हुँदा खेलकुद परिषदसँग ठूलो विवाद पनि उत्पन्न भएको थियो । पारिवारिक स्रोतका अनुसार शनिबार पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिनेछ ।

तपाईको प्रतिक्रिया