Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठमाडौँ, २४ भदौ २०७८ । नेपालको महिला राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँगमैत्रीपूर्ण खेल खेल्दैछ ।

खेल आज साँझ ५स्३० बजे दशरथ रंगशालमा सुरु हुनेछ । महिला फुटबलमा नेपाल अहिलेसम्म बंगलादेश विरद्ध बलियो देखिएको छ । पछिल्लोपटक नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई ३-० ले पराजित गरेको थियो ।

दशरथ रंगशालामा नेपालको महिला सिनियर टोलीले पहिलो पटक खेल्न लागेको हो ।

आजको खेलमा नेपालकी साबित्रा भन्डारी चोटका कारण मैदान बाहिररहनेछिन् । उनको अनुपस्थितिले नेपालसँगको आजको खेलमा बंगलादेशलाइ सहज हुने आकलन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया