Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

एजेन्सी, २२ भदौ २०७८ । जर्मन टेनिस खेलाडी अलेक्जेण्डर भेरेभ युएस ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

राउण्ड अफ सिक्सटिनको खेलमा इटालीका यानिक सिनरलाई ६–४, ६–४ र ७–६ ले हराउँदै चौथो वरियताका भेरेभ क्वाटरफाईनलमा पुगेका हुन् ।

गत सालका उपविजेता भेरेभले अब क्वाटरफाईनलमा दक्षिण अफ्रिकाका लोएड ह्यारिसको सामना गर्नेछन् ।

युएस ओपनकै अर्को खेलमा जर्मनीका ओस्कार ओट्टेलाई ६–४, ३–६, ६–३ र ६–२ ले हराउँदै इटालीका माटियो बेरेट्टीनी पनि क्वाटरफाईनलमा पुगेका छन् ।

उता महिलातर्फ स्विस खेलाडी बेलीण्डा बेन्सीक, चेक गणतन्त्रकी क्यारोलिन प्लीस्कोभा, स्पेनकी गार्बिने मुगुरुजा र बेलायतकी इम्मा राडुकानु क्वाटरफाईनलमा पुगेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments