Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

नेपालगञ्ज, १९ कात्तिक । नेपालगञ्ज स्बेच्न लगिएको अवस्थामा भारतको उत्तर प्रदेशबाट ३७ जना नेपाली चेलीको उद्दार गरिएको छ। अन्य तीनजना चेलीलाई दिल्लीको एउटा कोठीबाट निकालेर उद्दारकर्मीले नेपाल ल्याएका छन्।

३७ चेलीलाई गाजियावादको इन्द्रपुरमस्थित एक होटलको तीनवटा फ्लाटमा थुनेर राखिएको अवस्थामा उद्दार गरिएको हो। दिल्ली र यूपीबाट उद्दार गरिएका सबै चेलीलाई माइती इन्डियाको टोलीले नेपालगञ्जस्थित माइती नेपालको कार्यालयलाई जिम्मा लगाएको छ।

माइती इन्डियाका संचालक बालकृष्ण पाण्डेका अनुसार ३७ जनालाई नेपालस्थित भारतीय दुतावासको समन्वयमा उत्तर प्रदेश प्रहरीको सहयोग लिएर उद्दार गरिएको हो। उद्दार गरिएका ३७ चेली सिन्धुपाल्चोक, कञ्चनपुर, बाँके, रुकुम, उदयुर, काठमाडौं, दाङ, इलाम, तेह्रथुम, उदयपुर, कपिलवस्तु, दैलेख, मोरङ लगायकाका जिल्लाका रहेको माइती नेपालले जानाएको छ।

उद्दार गरिएका घर जान चाहने चेलीलाई घर पठाउने र जान नचाहने चेलीलाई सिपमुलक तालिम दिने सेन्टरमा राखिने माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए। उनका अनुसार नेपाली चेली भारतको कोठीमा सप्लाइ गर्ने काममा ३ भारतीय र २ नेपाली गरी ५ जनाको गिरोह सक्रिय छ।

एक चेली वापत ४ लाख

एक नेपाली चेली भारतको कोठीमा पुर्‍याए बापत गिरोहले चार लाख लिने गरेको उद्दारकर्मीहरुले बताएका छन्।

माइती भारतका संचालक बालकृष्ण पाण्डेका अनुसार उक्त गिरोहले नेपाली चेलीलाई यूपीमा दुई दिनदेखि दुई महिनासम्म यूपीमा राखेर दिल्लीको कोठी र खाडी मुलुक पुर्‍याउने गरेको थियो।

गिरोहका नाइके भारतीय

नेपाली चेली भारतको कोठीमा पुर्‍याउने गिरोहका नाइके भारतीय रहेको खुलेको छ। नाइकेसहित गिरोहका तीन सदस्य भारतीय प्रहरीको फन्दामा परिसकेको छन्।

गिरोहका दुई नेपाली सदस्य फरार छन्। उनीहरुमध्य एकजना काठमाडौंमा र अर्का दुबइमा रहेको बताइएको छ।

गिरोहका नेपाली सदस्यलाई पक्राउ गर्न इन्टरपोलमार्फत नोटिस जारी गरिएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments