Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का
गौरादह, २१ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गौरादह नगरपालिकाको वडा अधिवेशन सम्पन्न भएको छ। नगरपालिका भित्रका अधिकांस वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। केही वडाहरुमा भने सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको छ।

सबै वडाहरुमा सर्वसम्मतबाट नेतृत्व चयन गर्ने प्रयास गरेपनि वडा नं २,६, ७ र ९ मा सर्वसम्मत हुन नसकेपछि कार्यकर्ताले मतदान स्थलसम्म पुगेर मतदान गर्नु परेको थियो। वडा नं १,३,४,५ र८, मा सर्वसम्मत नेतृत्व चयन भएको छ।

निर्वाचन भएका वडाहरुमा पनि आरक्षण सिटमा तथा वडाका केही पदहरुमा सर्वसम्मत नेतृत्व चयन भएको बताइएको छ। वडा नं १ मा वडा सभापतिमा ईन्द्र गौतम सहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा नं २ मा वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिमा निर्वाचन भएको थियो। अन्य पदमा भने सर्वसम्मत भएको थियो। वडा नं २ को वडा सभापतिमा बिजय कन्दंवा बिजय भएका छन्।उनले प्रतिस्पर्धि दिपक खड्कालाई १४ मतले पछिपार्दै विजयी भएका हुन्। खसेको २ सय २१ मतमा कन्दंवाले १ सय १३ मत पाएका थिए। उपबिजेता दिपक खड्काले ९९ मत पाएका थिए।

वडा नं ३ को वडा सभापतिमा गोपाल बराल सहित सबैपदमा सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा नं ४ को वडा सभापतिमा नेत्र ढुङगाना सहित अन्य सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ।

वडा नं ५ को वडा सभापतिमा तारा कुमार श्रेष्ठ सहित सबै पदमा सर्वसम्मत भएको छ। वडा नं ६ मा वडा सभापति सहित क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचन भएको थियो। अन्य पदमा निर्बिरोध नेतृत्व चयन भएको थियो। वडा नं ६ मा सभापति पदमा खेमनाथ सिटौला बिजय भएका छन्। उनले प्रतिस्पर्धी नर बहादुर प्रसाईंलाई ९० मतले पछि पर्दै बिजय भएका हुन्। कुल २ सय ९० मतमा २ सय ४६ मत खसेको थियो।

सिटौलाले खसेको मतको १ सय ५६ मत पाएका थिए भने प्रसाईंले ६६ मत पाएका थिए। वडा नं ७ मा वडा सभापतिमा दिलनाथ कटुवाल सर्वसम्मत चयन भएका छन् भने अन्य पदमा सर्वसम्मत हुन नसके पछि निर्वाचन भएको थियो। वडा नं ८ को वडा सभापतिमा बेद प्रसाद सुवेदी (बिदुर) सहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको थियो। वडा नं ९ मा वडा सभापति र क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचन भएको छ। अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ।

वडा नं ९ को वडा सभापतिमा गोपाल भट्टराई निर्वाचित भएका छन। उनले प्रतिस्पर्धी बाबुराम बस्नेतलाई १७ मतले पछिपार्दै बिजय भएका हुन्। कुल ४ सय ६२ मतमा ३ सय ५९ मत खसेको थियो। भट्टराईले खसेको मतको १ सय ८१ मत पाएका थिए भने बस्नेतले १ सय ६४ मत पाएका थिए।

तपाईको प्रतिक्रिया