Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

गौरादह, २१ भदौ २०७८ । मुलुकभर आज पीसीआर परिक्षणबाट ११ हजार ६ सय ९ र एन्टिजेन परिक्षणबाट ४ हजार ३ सय ७० जना गरी कुल १५ हजार ९ सय ७९ जनामा कोरोना परिक्षण गर्दा १ हजार ८ सय ९७ जना नयाँ संक्रमित थप भएका छन्। जसमा पीसीआर परिक्षणबाट १ हजार ४ सय ८८ र एन्टिजेन परिक्षणबाट ४ सय ९ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ७० हजार ७ सय ५९ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ८५ हजार ४ सय ५९ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ५६ हजार २ सय १८ पुगेको जनाइएको छ । एकैदिन १ हजार ७ सय ४३ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख २८ हजार ९ सय २८ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.६ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३९ लाख ६९ हजार ७ सय २१ जना र एन्टिजेन परिक्षणबाट ४ लाख ९२ हजार १ सय १४ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २८ हजार ९ सय ११ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ६२ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय १२ जना आई।सी।युमा र १ सय ६३ जना भेन्टिलेटरमा रहेका छन् । २ सय ६० जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३० हजार ९ सय ७३ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा १ लाख ७ हजार २ सय ३२ जनाले खोप लगाएको जनाइएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १७ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २१ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २० जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ८ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया