Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

बिराटनगर, १९ कातिक ।  विराटनगर प्रहरीले विराटनगर महानगरपालिका( १६ बाट तास खेल्दै गरेका आठजनालाई पक्राउ गरेको छ।आठ

गोपाल यादवको घरमा तास खेलिरहेको अवस्थामा सोमबार बिहान २८ हजार तीन सय ५६ रुपैयाँसहित उनीहरुलाई राति २ बजे पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।

उनका अनुसार विशेष सुराकीको आधारमा घरधनी गोपाल यादव, विराटनगर १६ का ५४ वर्षीय सुरेशप्रसाद मण्डल, ४० वर्षीय राजकिशोर यादव, १८ वर्षीय सोनु तत्मा, ५१ वर्षीय विष्णुकुमार अर्जेल, २८ वर्षीय नवीन महतो, १८ वर्षीय रोहित दास र ४८ वर्षीय ज्ञानेन्द्र कार्कीलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय रानीको टोलीले दुई बुक ताससहित पक्राउ गरेका सबैजनालाई जुवा ऐनअन्तर्गतको मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments