Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १८ भदौ २०७८ । झापाको गौरादहमा कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाइने भएको छ । २०७७ चैत महिनामा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्षदेखि माथिका जेष्ठ नागरिकहरु लाई एष्ट्राजेनेका खोप लगाइन लागेको हो ।

यस्तै, शिक्षक, कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, जनप्रतिनिधी, बैंक बित्तिय संस्थाका कर्मचारीहरु लाई दोस्रो खोप अन्तर्गत एष्ट्राजेनेका खोप लगाइन लागेको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ । खोप लगाउने कार्यक्रम यहि भदौ २१ गते सोमबार देखि सञ्चालन हुने भएको छ । गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले शुक्रबार एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउने सम्बन्धि सूचना जारी गर्दै खोप कार्यक्रम २१, २२ र २३ गतेसम्म सञ्चालन गरिने जनाएको हो ।
खोप लगाउनका लागि खोप संचालन हुने स्थानहरुमा सम्पर्क गरि यहि भदौ २१ गते वडा नं. १ का लागि गौरादह स्वास्थ्य चौकी, वडा नं. २ का लागि २२ गते सरस्वती आ.वि हाँसखोरा, वडा नं.३ का लागि २३ गते वडा कार्यालयको भवनमा, वडा नं. ४ का लागि २१ गते जनता आ.वि., वडा नं. ५ का लागि २२ र २३ गते महारानीझोडा स्वास्थ्य चौकी, वडा नं. ६ का लागि २१ र २२ गते कोहबरा स्वास्थ्य चौकी, वडा नं. ७ का लागि २१ र २२ गते जुरोपानी स्वास्थ्य चौकी, वडा नं। ८ का लागि २३ गते अरुणोदय आ.वि. र वडा नं. ९ का लागि २१ र २२ गते बैगुन्धुरा स्वास्थ्य चौकीमा कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाइ खोपको दोस्रो डोज लगाइने भएको छ । खोप लगाउने समय बिहान १० बजेदेखि ४ बजेसम्म तोकिएको छ ।

 

तपाईको प्रतिक्रिया