Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

गौरादह, १७ भदौ २०७८ । मुलुकभर आज २ हजार ४ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १० हजार ६ सय ५८ र एन्टिजेन परिक्षणबाट ३ हजार ९ सय ९२ जना गरी कुल १४ हजार ६ सय ५० जनामा कोरोना परिक्षण गर्दा २ हजार ४ जना नयाँ संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट १ हजार ६ सय १९ र एन्टिजेन परिक्षणबाट ३ सय ८५ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ६५ हजार ९ सय १४ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ८४ हजार २ सय ९४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ५० हजार २ सय ८ पुगेको जनाइएको छ । एकैदिन १ हजार ८ सय ४६ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख २१ हजार १ सय ८२ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.२ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३९ लाख ३६ हजार ४ सय १६ जना र एन्टिजेन परिक्षणबाट ४ लाख ७७ हजार २ सय ६० जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३१ हजार ६ सय १९ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ३ सय २७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ४४ जना आई.सी.युमा र १ सय ६६ जना भेन्टिलेटरमा रहेका छन् । ३ सय २ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३३ हजार ९ सय ४६ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७ सय जनाले खोप लगाएको जनाइएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २० जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया