Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौँ, १६ भदौ २०७८ । नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा दर्शकले प्रवेश पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै दर्शकका प्रवेशका लागि नेपाल सरकार र कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)बाट अनुमति प्राप्त भइसकेको बताए ।

अध्यक्ष शेर्पाका अनुसार प्रत्येक खेलमा ५ हजार १ सय दर्शकले प्रवेश पाउनेछन् र टिकटको बिक्री अनलाइनबाट हुनेछ । उनले त्यस अवसरमा भने, ‘दर्शकले रंगशालामा प्रवेशका बेला खोपको दुवै मात्रा लिइसकेको अथवा पीसीआर परीक्षण गरेको नतिजा पेस गर्नुपर्नेछ । हामीले सरकारबाट तोकिएका सबै स्वास्थ्य मापदण्ड पूरा गर्नेछौं ।’

त्यस अवसरमा एन्फाका उपाध्यक्ष तथा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका संयोजक उपेन्द्रमान सिंहले आयोजनाका सबै तयारी पूरा भइसकेको पनि बताए । उनले भने, ‘हामीले सबै प्रकारको सुरक्षा सावधानीका लागि तयारी पूरा गरिसकेका छौं । हामी सरकारले तोकेका सबै स्वास्थ्य आचारसंहिताको पूर्ण पालना गर्नेछौं ।’

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments