गौरादह, १५ भदौ २०७८ । मुलुकभर आज १ हजार ६ सय ६४ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ९ हजार १ सय १७ र एन्टिजेन परिक्षणबाट ३ हजार १ सय ५ जना गरी कुल १२ हजार २ सय २२ जनामा कोरोना परिक्षण गर्दा १ हजार ६ सय ६४ जना नयाँ संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट १ हजार ५ सय २३ र एन्टिजेन परिक्षणबाट १ सय ४१ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ६२ हजार ६ सय ४७ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ८३ हजार ५ सय ५ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ४६ हजार १ सय ५२ पुगेको जनाइएको छ । एकैदिन १ हजार ७ सय ८६ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख १६ हजार ३ सय ६ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.९ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३९ लाख १५ हजार १ सय ४६ जना र एन्टिजेन परिक्षणबाट ४ लाख ६८ हजार ९ सय ४५ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा ३३ हजार २ सय १४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ३ सय ७७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ३७ जना आई.सी.युमा र १ सय ६४ जना भेन्टिलेटरमा रहेका छन् । ३ सय २९ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३५ हजार ५ सय ९१ पुगेको जनाएको छ ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १८ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २० जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।






