Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

मुस्ताङ , १९ कात्तिक, । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले गुण्डागर्दीलगायत गलत कामविरुद्ध प्रहरी कठोररुपमा प्रस्तुत हुने बताएका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय मुस्ताङको नवनिर्मित कार्यालय भवनको उदघाटन गर्दै उनले समाजमा हुने खराब क्रियाकलापको अन्त्य गर्न कठोर बनेर काम गर्ने बताएका हुन् ।

सोही कार्यक्रममा आइजीपी खनालले आचरण विपरीतका कार्यमा प्रहरी संगठन शुन्य सहनशीलताको नीति अवलम्बन गरेकोले सोही अनुरुप काम गर्नुपर्नेमा जोड दिए । ‘प्रहरी राम्रो मात्रै काम गर्नका लागि हो, नराम्रो गर्ने छुट कसैलाई छैन ।’ उनले भने ।

प्रहरी प्रमुख खनालले समुदाय(प्रहरी साझेदारी कार्यक्रममार्फत् सबै तहका नागरिक समुदायसँग सहकार्य गरी विकासका गतिविधिलाई सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको स्पष्टसमेत पारे ।

समुदाय(प्रहरी साझेदारी अन्तर्गतको सहकार्यमा सुरक्षालगायतका विभिन्न जनचेतनामूलक कार्यहरु मार्फत शान्तिसुरक्षा कायम गरी सुरक्षित समाजको निर्माण गरी विकासका गतिविधिमा समेत सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्यलाई सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको उनले बताए ।

नेपाल प्रहरीको नियमित वजेटबाट निर्माण भएको २२ कोठाको नवनिर्मित कार्यालय भवन २ करोड २४ लाख ४७ हजार ४ सय १० रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments