Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, १५ भदौ २०७८ । झापाको गौरादहमा १२ कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई कोरोना भाइरस विरुद्धको एष्ट्राजेनेका खोप लगाइने भएको छ । गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज सूचना जारी गर्दै भोलि(बुधबार)एकदिन  १२ कक्षाका विद्यार्थीहरुलाई खोप लगाइने जनाएको हो । विद्यार्थीहरुले प्रवेशकार्ड र विद्यालयको पोशाकमा खोप लगाउने स्थानमा सम्पर्क गर्न गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

खोप लगाउनका लागि भोलि बुधबार जनता मा.वि.का विद्यार्थीहरुका लागि ११ बजेदेखि, प्रज्वल कजेजियट एकेडेमी र विद्योदय मा.वि ले १२ बजेदेखि, माउन्ट एभरेष्ट मा.वि ले १ बजेदेखि र गौरादह कृषि क्याम्पसका विद्यार्थीहरुलाई २ बजेदेखि गौरादह नगरपालिकाको भवनमा खोप लगाइने भएको छ । यस्तै, स्कुलचौन मा.वि का लागि १२ बजेदेखि महारानीझोडा स्वास्थ्य चौकी, प्रगती मा.वि का लागि १२ बजेदेखि जुरोपानी स्वास्थ्य चौकी, अमर मा.वि का लागि १२ बजेदेखि बैगुनधुरा स्वास्थ्य चौकी र भद्रकाली मा.वि र डोरामारी मा.वि का लागि १२ बजेदेखि कोहोबरा स्वास्थ्य चौकीमा खोप लगाउने स्थान तोकिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया