Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १५ भदौ २०७८ । झापाको गौरादहमा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । खोप लगाउने कार्यक्रम यहि भदौ १७ गते बिहिबार देखि सञ्चालन हुने भएको छ । गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले मंगलबार भेरोसेल खोपको दोस्रो मात्रा लगाउने सम्बन्धि सूचना जारी गर्दै खोप कार्यक्रम १७, १८ र १९ गतेसम्म सञ्चालन गरिने जनाएको हो । यहि साउन १३, १४ र १५ गते कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले दोस्रो मात्रा लगाउन पाउने गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

गौरादह नगरपालिका भित्र बसोबास गर्ने ५५ वर्ष र सो भन्दा माथिका सबै नेपाली नागरिकहरु, स्वास्थ्यकर्मी, शिक्षक, बैंक बित्तिय संस्था, प्रहरी, वैदेशीक रोजगारीमा जाने र पेट्रोल पम्पका कर्मचारीहरु जसले भेरोसेल खोपको पहिलो मात्रा लगाइ सकेका सम्पूर्णले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड सहित तोकिएको स्थानमा आएर खोप लगाउन आउनुहुन आग्रह गरिएको छ ।

खोप लगाउनका लागि खोप संचालन हुने स्थानहरुमा सम्पर्क गरि यहि भदौ १७ गते वडा नं. १ का लागि गौरादह स्वास्थ्य चौकी, वडा नं. २ का लागि १८ गते सरस्वती मा.वि., वडा नं. ३ का लागि १९ गते वडा कार्यालयको भवनमा, वडा नं. ४ का लागि १७ गते जनता आ.वि. थामिडाँडा, वडा नं. ५ का लागि १८ र १९ गते महारानीझोडा स्वास्थ्य चौकी, वडा नं. ६ का लागि १७ र १८ गते कोहबरा स्वास्थ्य चौकी, वडा नं. ७ का लागि १७ र १८ गते जुरोपानी स्वास्थ्य चौकी, वडा नं. ८ का लागि १९ गते अरुणोदय आ.वि. र वडा नं. ९ का लागि १७ र १८ गते बैगुन्धुरा स्वास्थ्य चौकीमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । खोप लगाउने समय बिहान १० बजेदेखि ४ बजेसम्म तोकिएको छ ।

तपाईको प्रतिक्रिया