Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

गौरादह, १४ भदौ २०७८ । देशभर पीसीआर परिक्षणबाट ११ हजार ८ सय ९२ र एन्टिजेन परिक्षणबाट ४ हजार ३ सय ४१ जना गरी कुल १६हजार २ सय ३३ जनामा कोरोना परिक्षण गर्दा २ हजार २ सय ९५ जना नयाँ संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट १ हजार ९ सय २ र एन्टिजेन परिक्षणबाट ३ सय ९३ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ६१ हजार १ सय २४ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ८३ हजार ३ सय ६४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ४४ हजार ४ सय ८८ पुगेको जनाइएको छ । एकैदिन १ हजार ८ सय ८ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख १४ हजार ५ सय २० पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.९ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३९ लाख ६ हजार २९ जना र एन्टिजेन परिक्षणबाट ४ लाख ६५ हजार ८ सय ४० जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३३ हजार ३ सय ३३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ५ सय ४१ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ६८ जना आई.सी.युमा र १ सय ६० जना भेन्टिलेटरमा रहेका छन् । ३ सय ३८ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३५ हजार ८ सय ७४ पुगेको जनाएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १९ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ७ सय ३० पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया