गौरादह, १२ भदौ २०७८ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५७ जना संक्रमित थप हुँदा एकैदिन २ हजार २ सय २२ जना डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट ९ हजार ४ सय ९ र एन्टिजेन परिक्षणबाट ३ हजार ७ सय ६७ जना गरी कुल १३ हजार १ सय ७६ जनामा कोरोना परिक्षण गर्दा १ हजार ८ सय ५७ जना नयाँ संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट १ हजार ५ सय १६ र एन्टिजेन परिक्षणबाट ३ सय ४१ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ५८ हजार ८ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ८२ हजार ७ सय ९७ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ४० हजार ८ सय ५ पुगेको जनाइएको छ । एकैदिन २ हजार २ सय २२ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख १० हजार ४ सय ५२ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.७ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३८ लाख ८६ हजार ८ सय ७८ जना र एन्टिजेन परिक्षणबाट ४ लाख ५८ हजार ४ सय ६१ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा ३३ हजार ८ सय ३५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३१ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय १५ जना आई।सी।युमा र १ सय ७४ जना भेन्टिलेटरमा रहेका छन् । ३ सय ४६ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३६ हजार ८ सय ६६ पुगेको जनाएको छ ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १९ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २७ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६ सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।






