Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

गौरादह, ६ भदौ २०७८ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जना संक्रमित थपिँदा २ हजार २ सय ४८ जना निको भएका छन् । पीसीआर परिक्षणबाट ९ हजार ४ सय ४३ र एन्टिजेन परिक्षणबाट ३ हजार ७३ जना गरी कुल १२ हजार ५ सय १६ जनामा कोरोना परिक्षण गर्दा १ हजार ९ सय २० जना नयाँ संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट १ हजार ७ सय २ र एन्टिजेन परिक्षणबाट २ सय १८ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ४७ हजार ४ सय ३३ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ८० हजार २ सय ९ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख २७ हजार ६ सय ४२ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार २ सय ४८ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ९८ हजार १ सय ७३ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.४ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३८ लाख ३० हजार ६ सय ९१ जना र एन्टिजेन परिक्षणबाट ४ लाख ३२ हजार ५ सय ५५ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३५ हजार ५ सय ५५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार १ सय ९६ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय ८१ जना आई.सी.युमा र १ सय ६९ जना भेन्टिलेटरमा रहेका छन् । ४ सय २१ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३८ हजार ७ सय ५१ पुगेको जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १८ हजार ३ सय २२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २२ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १७ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया