Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

 धनकुटा, १७ कार्तिक । धनकुटाको हिले बजारमा शुक्रबार राति एक युवकको हत्या भएको छ ।

घाटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा हिले—छिन्ताङ सडक खण्डमा रहेको मेलास्थलमा शव फेला परेको प्रहरीले जनाएको छ । मृतक सुनसरी जिल्लाको इटहरी निवासी ३५ वर्षीय रामबहादुर चौधरी रहेको हिले प्रहरी चौकीका इन्चार्ज यदु खड्काले जानकारी दिए।

तिहारको अवसरमा सञ्चालन गरिएको रमाइलो मेलामा खेल खेलाउन आएका चौधरी मेलास्थलमा पाल भित्र सुतेका थिए। मेला सञ्चालक मध्येका मृतक चौधरीका अन्य साथी होटलमा सुत्ने गरेपनि उनी मात्र उक्त स्थानमा एक्लै सुतेको अवस्थामा हत्या भएको प्रहरीको भनाई छ।

घटनाबारे प्रारम्भिक अनुसन्धानका क्रममा १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments