Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, ३ भदौ २०७८ । देशभर आज पीसीआर परिक्षणबाट ११ हजार ९ सय ४६ र एन्टिजेन परिक्षणबाट ४ हजार ४ सय ९२ जना गरी कुल १६ हजार ४ सय ३८ जनामा कोरोना परिक्षण गर्दा ३ हजार ७५ जना नयाँ संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट २ हजार ३ सय २१ र एन्टिजेन परिक्षणबाट ७ सय ५४ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ४२ हजार २ सय २८ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ७८ हजार ३ सय ७७ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख २० हजार ६ सय ५ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय २६ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ९१ हजार २ सय ९९ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.१ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३८ लाख ३ हजार १५ जना र एन्टिजेन परिक्षणबाट ४ लाख १६ हजार ९ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३७ हजार १ सय १४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ८६ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय ३९ जना आई।सी।युमा र १ सय ६८ जना भेन्टिलेटरमा रहेका छन् । ३ सय ८५ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ४० हजार ५ सय पुगेको जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ९१ हजार ११ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २१ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १८ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ४ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments