गौरादह, ३२ साउन २०७८ । देशभर आज पीसीआर परिक्षणबाट १० हजार ९३ र एन्टिजेन परिक्षणबाट ५ हजार ५ सय १८ जना गरी कुल १५ हजार ६ सय ११ जनामा कोरोना परिक्षण गर्दा ३ हजार ४ सय ५ जना नयाँ संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट २ हजार ५ सय ६६ र एन्टिजेन परिक्षणबाट ८ सय ८५ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ३४ हजार ८ सय ३८ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ७६ हजार १५ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख १० हजार ८ सय ५३ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ५८ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ८५ हजार १ सय ४० पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.२ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३७ लाख ६७ हजार ६ सय ६५ जना र एन्टिजेन परिक्षणबाट ४ लाख १ हजार ३ सय ७१ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा ३६ हजार ३६ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ३५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय ९५ जना आई.सी.युमा र १ सय ९७ जना भेन्टिलेटरमा रहेका छन् । ४ सय २ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३९ हजार ३ सय ७१ पुगेको जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ लाख ५८ हजार ३ सय ३५ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २१ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १६ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।






