गौरादह, ३१ साउन २०७८ । मुलुकभर आज २ हजार २ सय १२ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट ८ हजार ८ सय ८८ र एन्टिजेन परिक्षणबाट ४ हजार १८ जना गरी कुल १२ हजार १ सय ६ जनामा कोरोना परिक्षण गर्दा २ हजार २ सय १२ जना नयाँ संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट १ हजार ७ सय ९३ र एन्टिजेन परिक्षणबाट ४ सय १९ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ३२ हजार २ सय ७२ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ७५ हजार १ सय ३० पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ७ हजार ४ सय २ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ६७ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ८२ हजार ६ सय ८२ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.२ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३७ लाख ५७ हजार ५ सय ७२ जना र एन्टिजेन परिक्षणबाट ३ लाख ९५ हजार ८ सय ५३ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा ३५ हजार १८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ४ हजार २ सय ८० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय ५८ जना आई.सी.युमा र १ सय ९३ जना भेन्टिलेटरमा रहेका छन् । ४ सय १९ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३९ हजार २ सय ९८ पुगेको जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ७० हजार ७ सय ७० जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २१ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १६ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार २ सय ९२ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।






