Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गुल्मी, १६ कात्तिक । मदाने गाउँपालिका ६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले श्रीमतीको हत्या गरी फरार भएका छन् ।

नेपालीले शुक्रवार बिहान ३१ वर्षीया सीता नेपालीलाई कुटपिट गरेर हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० दिपकुमार बस्नेतले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार भएका दुर्गाको खोजी कार्य भइरहेको उनले बताए ।

घटनाबारे थप बुझनको लागि प्रहरी उपरीक्षक बस्नेतसहित जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ । घटनाबारे थप जानकारी अनुसन्धान पछि मात्रै खुल्ने एसपी बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया