Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, २८ साउन २०७८ । देशभर आज ३ हजार २ सय ६० संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट १० हजार ८ सय ६ र एन्टिजेन परिक्षणबाट ४ हजार ६ सय ५६ जना गरी कुल १५ हजार ४ सय ६२ जनामा कोरोना परिक्षण गर्दा ३ हजार २ सय ६० जना नयाँ संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट २ हजार ४ सय ७३ र एन्टिजेन परिक्षणबाट ७ सय ८७ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख २५ हजार ७ सय ६९ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ७२ हजार ८ सय ८२ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख ९८ हजार ६ सय ५१ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार २ सय ९४ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३ सय ७७ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.३ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३७ लाख २९ हजार १ सय ९ जना र एन्टिजेन परिक्षणबाट ३ लाख ८० हजार ५५ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३४ हजार ८ सय ३८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ४२ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय ३७ जना आई.सी.युमा र १ सय ८३ जना भेन्टिलेटरमा रहेका छन् । ४ सय ४१ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३८ हजार १ सय ८० पुगेको जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ५६ हजार ८ सय ५३ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २१ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १६ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३२ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार २ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments