Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

काठमाडौं, २८ साउन २०७८ । नेपालको कुल जनसंख्याको ९,५१ प्रतिशत व्यक्तिलाई कोरोना भाइरस विरुद्धको दुई डोज नै खोप लगाइ सकिएको छ ।

१५ प्रतिशतलाई भने पहिलो डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

कोभिशिल्डको पहिलो मात्रा लगाएका १८ लाख ६८ हजार ४ सय २५ जनामध्ये ५ लाख ९७ हजार ८ सय १९ जनाले दोस्रो मात्रा पुरा गरेका हुन् ।

यस्तै भेरोसेल खोपको पहिलो मात्रा लगाएका २७ लाख २ हजार १ सय २८ जना मध्ये १८ लाख ३ हजार ४ सय ३ जनाले दोस्रो मात्रा पुरा गरेका छन् ।

देशभर १२ लाख ७ हजार १ सय ३८ जनाले जोन्सनको खोप लगाएका छन् । सरकारले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसंख्यामा खोप लगाउने लक्ष्य लिएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments