Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, २६ साउन २०७८ । देशभर एकैदिन ४ हजार ९ सय ४ नयाँ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १३ हजार २ सय १७ र एन्टिजेन परिक्षणबाट ५ हजार ९ सय ६ जना गरी कुल १९ हजार १ सय २३ जनामा कोरोना परिक्षण गर्दा ४ हजार ९ सय ४ जना नयाँ संक्रमित थपिएका हुन् । जसमा पीसीआर परिक्षणबाट ३ हजार १ सय ९४ र एन्टिजेन परिक्षणबाट १ हजार ७ सय १० जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख २० हजार ६ सय ८० पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ७१ हजार २ सय ३० पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख ९१ हजार ९ सय १० पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय १५ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ७३ हजार १ सय ९८ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.४ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३७ लाख ७ हजार ३ सय ९६ जना र एन्टिजेन परिक्षणबाट ३ लाख ६९ हजार ६ सय ५० जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३३ हजार ९ सय ८५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ४७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय ६१ जना आई।सी।युमा र १ सय ७६ जना भेन्टिलेटरमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३७ हजार ३ सय ३२ पुगेको जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार २ सय २१ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १८ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार १ सय ५० पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments