Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

वीरगञ्ज, १६ कात्तिक ।  प्रहरीले वीरगञ्जबाट ६ लाख मूल्य बराबरका चाँदीका गहना बरामद  गरेको छ ।

वीरगञ्ज पथलैया चल्ने बसमा वेवारिसे अवस्थामा राखिएको १४ किलो ६७५ ग्राम चाँदीका गहना बारामद भएको हो । गहनाको बजार मूल्य ६ लाख २७ हजार ५ सय ९० रुपैयाँ रहेको अनुमान गरिएको छ ।

वीरगञ्जबाट उत्तर पथलैयातर्फ जादै गरेको ना२ख ३९७९ नं. को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको प्यासेजमा खरानी रंगको झोला बेवारिसे अवस्थामा फेला पारी खानतलासी गर्दा चाँदीको गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार चाँदीका गरगहनाको बारे कसैले पनि हकदाबी नगरेकोले आवश्यक कारबाहीका लागि वीरगञ्ज भंसार कार्यालयमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments