Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

काठमाडौं, २३ साउन २०७८। जापान सरकारले नेपाल सरकारलाई दिने भनेको १६ लाख डोज मध्ये ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप नेपाल आइपुगेको छ ।

कतार एयरवेजबाट खोप आज बिहान १० बजेर ३० मिनेटमा नेपाल आइपुगेको हो । जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत युताका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गर्नु भएको छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जापानसँग नेपालको सम्बन्ध पुरानो रहेको भन्दै खोप हस्तान्तरण गरेकोमा धन्यवाद दिनु भएको छ ।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेल लगायत युनिसेफका प्रतिनिधिको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments