Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २१ साउन २०७८ । देशभर आज ३ हजार ९ सय ३८ नयाँ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ११ हजार ८ सय ७० र एन्टिजेन परिक्षणबाट ६ हजार ५ सय ३८ जना गरी कुल १८ हजार ४ सय १८ जनामा कोरोना परिक्षण गर्दा ३ हजार ९ सय३८ जना संक्रमित थपिएका हुन् । जसमा पीसीआर परिक्षणबाट ३ हजार ७ र एन्टिजेन परिक्षणबाट ९ सय ३१ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ६५ हजार ७ सय ८१ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख ७३ हजार ८ सय ६० पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार १२ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.७ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३६ लाख ५६ हजार ३ सय ४२ जना र एन्टिजेन परिक्षणबाट ३ लाख ४३ हजार ३ सय ६१ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३१ हजार १ सय ८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३ सय १४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय १३ जना आई।सी।युमा र १ सय ५८ जना भेन्टिलेटरमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३४ हजार ४ सय २२ पुगेको जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ लाख १७ हजार ७ सय ७९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १६ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १९ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३७ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया