Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, २१ साउन २०७८ । झापाको गौरादहमा कोभिड-१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाइने भएको छ । अमेरिकाले अनुदामा दिएको जोनसन एण्ड जोनसन खोप नगरपालिका भित्रका ९ वटै वडामा २ दिन गरि लगाउन लागेको हो । गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले बुधबार जोनसन एण्ड जोनसन खोप लगाउने सम्बन्धि सूचना जारी गर्दै खोप कार्यक्रम २२ र २३ गते सञ्चालन गरिने जनाएको हो । नगरपालिकामा कोभिड-१९ नियन्त्रण सम्बन्धि बुधबार बसेको सर्वपक्षिय बैठकका निर्णय अनुसार गौरादह नगरपालिका भित्र बसोबास गर्ने ५० देखि ५४ वर्ष उमेर समूह, वैदेशिक रोजगारीमा जाने(भिसा लागेका २० देखि ५० वर्ष)उमेर समूह, अपाङ्गता भएका रातो र निलो कार्ड हुने(२० देखि ५० वर्ष)उमेर समूह, कोरोना विरुद्धका अहिलेसम्म कुनै भ्याक्सिन नलगाएका व्यक्तिहरुलाई खोप लगाइने भएको छ ।

खोप लगाउनका लागि आफ्नो वडाको खोप केन्द्रमा सम्पर्क गरि यहि साउन २२ गते वडा नं. १ को गौरादह स्वास्थ्य चौकीको भवन, वडा नं. ४ मजुवाको वडा कार्यालय, वडा नं. ६ को कोहबरा स्वास्थ्य चौकी भवन, वडा नं. ७ को जुरोपानी स्वास्थ्य चौकी र वडा नं. ९ को बैगुन्धुरा स्वास्थ्य चौकी भवनमा खोप लगाइने भएको छ ।

यस्तै, साउन २३ गते वडा नं. २ को आधारभुत स्वास्थ्य सेवा केन्द्र भवन, वडा नं. ३ धोबनियाको वडा कार्यालय, वडा नं. ५ को महारानीझोडा स्वास्थ्य चौकी भवन र वडा नं. ८ को अरुणोदय आधारभूत विद्यालयको भवनमा कोरोना भाइरस विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाइने भएको छ । खोप लगाउन जाँदा नागरिकता वा नेपाल सरकारले जारी गरेको उमेर खुल्ने परिचय पत्रको फोटोकपी, विदेश जानेको हकमा भने भिसा लागेको प्रमाणपत्र हुनुपर्ने जनाइएको छ । खोप लगाउन जाँदा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर जान हुन आग्रह गरिएको छ । खोप लगाउने समय बिहान १० बजेदेखि ३ बजेसम्म तोकिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया