गौरादह, २० साउन २०७८ । देशभर कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढ्दो क्रममा रहेको छ । आज पीसीआर परिक्षणबाट ११ हजार ३ सय ५४ र एन्टिजेन परिक्षणबाट ४ हजार ९ सय ४४ जना गरी कुल १६ हजार २ सय ९८ जनामा कोरोना परिक्षण गर्दा ४ हजार १ सय ७ जना संक्रमित थपिएका छन् । जसमा पीसीआर परिक्षणबाट २ हजार ९ सय ७५ र एन्टिजेन परिक्षणबाट १ हजार १ सय ३२ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ५ हजार ७२ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ६४ हजार ८ सय ५० पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख ६९ हजार ९ सय २२ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३५ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ६१ हजार ६ सय ५१ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.८ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३६ लाख ४४ हजार ४ सय ७२ जना र एन्टिजेन परिक्षणबाट ३ लाख ३६ हजार ८ सय २३ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३० हजार २ सय ७० जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार १ सय ९४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय १४ जना आई.सी.युमा र १ सय ५६ जना भेन्टिलेटरमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३३ हजार ४ सय ६४ पुगेको जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ लाख १५ हजार १ सय ५५ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १६ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १८ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड(१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

Comments