Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

दमक,१६ कात्तिक । झापाको दमकस्थित रतुवा खोलामा मापदण्ड बिपरीत बालुवा उत्खनन् भएको गुनासो आउन थालेको छ । दमकबाट इलामको चुलाचुली जोड्ने रतुवा खोला नजिक उत्खनन् भएको गुनासो आएको हो ।

पुलको ५ सय मिटर आसपास खोलामा उत्खनन् गर्न नपाउने मापदण्ड रहेको छ । पुललाइ असर पुग्ने भएकाले यस्तो मापदण्ड अनिवार्य पालना गर्नु पर्ने सरोकारवालाहरुको भनाइ रहेको छ ।

नगरपालिकाले यसको अनुगमन गर्नु पर्ने हुन्छ । दमक नगरपालिकामा यस बिषयमा गुनासो आएपछि नगरपालिकाले यसमा सचेत गराएको बताइन्छ । यो बर्षदेखि नगरपालिकाले नै पहिलो पटक खोला ठेक्कामा लगाएको थियो ।

तपाईको प्रतिक्रिया