Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, १९ साउन २०७८ । झापाको गौरादहमा कोरोना संक्रमणको जोखिम बढ्दो मात्रामा रहेको छ । आज एकैदिन २० जनामा कोरोना संक्रमण देखिनुले पनि संक्रमणको जोखिम बढ्दै गएको पाइएको हो । पीसीआर परिक्षणबाट ९ जना र रेपिड एन्टिजेन परिक्षणबाट ११ जना गरि २० जना संक्रमित थप भएका छन् ।

संक्रमितहरु गौरादह-१ कि १ महिला र ५ जना पुरुष, वडा नं. ४ कि २ महिला र २ पुरुष, वडा नं. ५ कि २ महिला र २ पुरुष, वडा नं. ६ कि १ महिला, वडा नं. ७ कि १ महिला र १ पुरुष, वडा नं. ८ कि १ महिला र २ पुरुष जना संक्रमित रहेका छन् । एकैदिन २० जना संक्रमित थपिएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या ४ सय ४८ पुगेको गौरादह नगर स्वास्थ्य शाखाका स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, आज २० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या २ सय ७३ पुगेको जनाइएको छ । यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ५६ जना पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा ९ जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा १ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ६६ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ४० जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ८ सय ७८ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ महिला र ४ पुरुष गरि ९ पुगेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया