गौरादह, १८ साउन २०७८ । देशभर पीसीआर परिक्षणबाट १० हजार ६ सय १३ र एन्टिजेन परिक्षणबाट ३ हजार १ सय ९८ जना गरी कुल १३ हजार ८ सय ११ जनामा कोरोना परिक्षण गर्दा ३ हजार १ सय २५ जना संक्रमित थपिएका छन् । जसमा पीसीआर परिक्षणबाट २ हजार २ सय ७९ र एन्टिजेन परिक्षणबाट ८ सय ४६ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ९९ हजार ६ सय ४९ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ६२ हजार ७ सय ८३ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख ६२ हजार ४ सय ३२ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय २५ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.१ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३६ लाख २२ हजार ४ सय ८० जना र एन्टिजेन परिक्षणबाट ३ लाख २५ हजार ७ सय ९९ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा २८ हजार ४ सय ५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार २ सय २४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय ९० जना आई।सी।युमा र १ सय ७५ जना भेन्टिलेटरमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३१ हजार ६ सय २९ पुगेको जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ लाख ८१ हजार २५ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १४ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २१ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।