Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १७ साउन २०७८ । देशभर एकैदिन २ हजार ५ सय ६८ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ८ हजार ४ सय २ र एन्टिजेन परिक्षणबाट ४ हजार २ सय ३४ जना गरी कुल १२ हजार ६ सय ३६ जनामा कोरोना परिक्षण गर्दा २ हजार ५ सय ६८ जना संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट १ हजार ९ सय ८१ र एन्टिजेन परिक्षणबाट ५ सय ८७ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ३ सय ७० पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ६१ हजार ९ सय ३७ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख ५९ हजार ३ सय ७ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार २० संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.१ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३६ लाख ११ हजार ८ सय ३७ जना र एन्टिजेन परिक्षणबाट ३ लाख २२ हजार ६ सय १ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २८ हजार ६३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार २ सय ३५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय ७७ जना आई.सी.युमा र १ सय ६९ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १३ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २२ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया