Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, १६ साउन २०७८ । देशभर एकैदिन ३ हजार १ सय ६ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ९ हजार २ सय ६३ र एन्टिजेन परिक्षणबाट ४ हजार २ सय ५६ जना गरी कुल १३ हजार ५ सय १९ जनामा कोरोना परिक्षण गर्दा ३ हजार १ सय ६ जना संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट २ हजार २ सय ८० र एन्टिजेन परिक्षणबाट ८ सय २६ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ९५ हजार ३ सय ८९ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ६१ हजार ३ सय ५० पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख ५६ हजार ७ सय ३९ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय १६ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.१ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३६ लाख ३ हजार ४ सय ६५ जना र एन्टिजेन परिक्षणबाट ३ लाख १८ हजार ३ सय ६७ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २८ हजार २ सय ५४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार १ सय १ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय ६ जना आई.सी.युमा र १ सय ६६ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १२ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २१ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया