Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, १६ साउन २०७८ । झापाको गौरादहमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । गौरादह-५ स्कुलचौन कि ६८ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । मृतक महिलामा ११ दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । पीसीआर पोजेटिभ देखिएपछि होम आइसोलेसनमा नै उपचाररत रहनुभएकि महिलाको आज मृत्यु भएको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । हिंजो(शुक्रबार)मात्र गौरादह४ किस्तिचौन कि ८२ वर्षिया महिलाको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो । यो सँगै हिंजो र आज गरि कोरोनाबाट लगातार २ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, आज ५ जना कोरोना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १ जनामा र रेपिड एन्टिजेन परिक्षणबाट ४ जना गरि ५ जनामा संक्रमण पुष्टी भएको हो । ५ जना संक्रमित थप भएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या ४ सय २९ पुगेको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ । यस्तै, आज कोहि पनि संक्रमित निको भएर डिस्चार्ज भएका छैनन् । दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या २ सय ४७ पुगेको जनाइएको छ । यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ६६ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा ९ जना संक्रमित उपचाररत रहेका छन् ।

दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ७५ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ४० जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ८ सय ५९ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ महिला र ४ पुरुष गरि ९ पुगेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया