Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १५ साउन २०७८ । झापाको गौरादहमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । गौरादह-४ किस्तियाचौन कि ८२ वर्षिया भोगमाया खड्काको संक्रमणबाट मृत्यु भएको हो । मृतक महिलामा ५ दिन अघि नोवेल हस्पिटलमा पीसीआर परिक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । पीसीआर पोजेटिभ देखिएपछि होम आइसोलेसनमा नै उपचाररत रहनुभएकि महिलाको आज मृत्यु भएको गौरादह-४ का वडाध्यक्ष मणिन्द्र कार्कीले जानकारी दिनुभयो ।

यस्तै, आज ३ जना कोरोना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ३ जनामा संक्रमण पुष्टी भएको हो । ३ जना संक्रमित थप भएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या ४ सय २४ पुगेको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ । यस्तै, आज कोहि पनि संक्रमित निको भएर डिस्चार्ज भएका छैनन् । दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या २ सय ४७ पुगेको जनाइएको छ । यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ६१ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा ९ जना संक्रमित उपचाररत रहेका छन् ।

दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ७० पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ४० जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ८ सय २३ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ महिला र ४ पुरुष गरि ८ पुगेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया