गौरादह, १५ साउन २०७८ । देशभर आज पीसीआर परिक्षणबाट ९ हजार ७ सय ८३ र एन्टिजेन परिक्षणबाट ४ हजार ८ सय ७८ जना गरी कुल १४ हजार ६ सय ६१ जनामा कोरोना परिक्षण गर्दा ३ हजार ६ सय ११ जना संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट २ हजार ४ सय ६७ र एन्टिजेन परिक्षणबाट १ हजार १ सय ४४ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ९३ हजार १ सय ९ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ६० हजार ५ सय २४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख ५३ हजार ६ सय ३३ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय १६ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ५२ हजार २ सय ६१पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.१ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३५ लाख ९४ हजार २ सय २ जना र एन्टिजेन परिक्षणबाट ३ लाख १४ हजार १ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा २७ हजार ८ सय २० जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार १ सय ९४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय ८६ जना आई.सी.युमा र १ सय ६१ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १२ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २३ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २७ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।






